पश्चिम रुकुम । पश्चिम रुकुममा गाउँ घुम्न हिँडेकी एक महिला मृत अवस्थामा फेला परेकी छिन्।
मंगलबार गाउँ घुम्न निस्किएकी पश्चिम रुकुमको सानीभेरी गाउँपालिका ३ की ४८ वर्षीया सुनिता बुढा बुधबार मृत अवस्थामा फेला परेकी हुन्।
सुनिताले अत्याधिक मात्रामा मादक पदार्थ सेवन गर्दै हिँड्ने गरेको र सोही कारण उनको ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।
हाल सुनिताको शव जिल्ला स्वास्थ्य कार्यालय सल्लेमा ल्याएर पोष्टमार्टम गराउने कार्य भइरहेको प्रहरीले जनाएको छ।
डिसी नेपाल